आज ६४ औं राष्ट्रिय क्षयरोग दिवस

Expression of Interest For Damien Foundation Belgium Funded Project
March 18, 2017
Mini Leprosy Elimination Campaign (MLEC) 2074
February 22, 2018

काठमाडौं, १३ मंसीर । आज ६४ औं राष्ट्रिय क्षयरोग दिवस ।

दिवशका अवसरमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो ।

दिवसको अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालय र स्वाथ्यको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले र्यायाली तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरेका छन् ।नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट विश्वभर हरेक वर्ष १४ लाख मानिसको मृत्यु हुन्छ भने नेपालमा हरेक बर्ष ५ देखि ७ हजार मानिसको मृत्यु हुने गरेको छ ।

नेपालमा क्षयरोग निवारणका लागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार हुदै आएको छ । देशका सबै जिल्लामा चार हजार भन्दा बढि स्वास्थ्य संस्थाहरुमा डट्स विधिबाट उपचार हुँदै आएको छ । श्वासप्रश्वासबाट सजिलै सर्ने यो रोगको संक्रमण मधुमेह, एचआइभी, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका लगायत बिरामीमा बढि हुन्छ ।

Source: https://news.hamrodoctor.com/detail/7524

Leave a Reply

Your email address will not be published. Required fields are marked *